एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको दोस्रो खेलमा घरेलु मैदानम फिरोज कोट्ला स्टेडियममा दिल्ली क्यापिटल्सले सुपर ओभरमार्फत ३ रनले जित हात पारेको छ ।

Advertisement

सुपर ओभरमा ११ रनको लक्ष्य पाएको कोलकताले ७ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा दिल्लीले १० रन बनाएको थियो ।

त्यसअघिको खेलमा कोलकता नाइट राइडर्सले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले ६ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ८५ रन मात्र बनाउन सक्यो ।

कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । कोलकताका लागि कुलदीप यादवले उत्कृष्ट ३ विकेट लिए भने पियुष चवला, आन्द्रे रसेल र लोकी फ्युर्गोसनले समान एक-एक विकेट लिए ।

त्यसैगरी दिल्लीका लागि ५४ बल खेलेका पृथ्वी शाले १२ चौका र ३ छक्काको मद्दतले ९९ रनको योगदान गरेका थिए । त्यसैगरी श्रेयस लेयरले ३१ बलमा २ छक्का र चार चौकाको मद्दतले ४३ रनको योगदान गरे । शिखर धवन १६ रन, रिसभ पन्त ११ रन, कोलिन इन्ग्राम १० र हनुमा बिहारी २ रन बनाए ।

भईरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन पुरा गर्न सफल भयो ।

कोलकत्ताका लागि आन्द्रे रुसेलले अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ४ चौका र ६ छक्काको सहयोगमा ६२ रनको योगदान गरे ।

त्यस्तै दिनेश कार्तिकले पनि अर्धशतक बनाउन सफल भए । उनले ४४ रनको योगदान गरे । कोलकत्ताका लागि क्रिस लायनले २० रन जोड्न सफल भए ।

बलिङतर्फ दिल्लीका हर्सल पटेलले दुई विकेट लिए भने सन्दीप लामिछाने, अमित मिश्र, क्रिस मोरिस, कजिसो रबडाले समान एक‍-एक विकेट लिए ।

यसअघिका दुई वटा खेलमा दिल्लीले एक खेल जितेको थियो भने एकमा हार व्यहोरेको थयो । दिल्लीले मुम्बई इण्डियन्समाथि ३७ रनको जित निकालेको थियो भने चेन्‍नई सुपरकिङसँग ६ विकेटले पराजित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!