- संगालोखबर सम्वाददाता

बिराटनगर। दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो ।

प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

बिजयी टिमसँग सामुहिक तस्वीर खिचाईदै ।

त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दोस्रो र काठमाण्डौ यूनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलको टिम तृतिय बनेको आयोजक स्टुडेन्ट वेलफेर सोसाईटीले जनाएको छ ।

दुई दिनसम्म भएको प्रतियोगितामा टिचिङ अस्पताल, नेपाल आर्मी, मनिपाल, बिराट लगायत देशभरका १० मेडिकल कलेजका १५ टिम सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!