संगालोखबर


विराटनगर । एकै परिवारका तीनजना खेलाडीले राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा स्वर्णपदक जित्न जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जितेका हुन् ।

काठमाडौंमा भएको प्रतियोगिताको ६६ केजीमुनि इन्द्र, ५२ केजीमुनि देवकी र ४८ केजीमुनि निशाले स्वर्ण जितेका थिए । इन्द्र पुलिस क्लब तथा देवकी र निशाले वाग्मती प्रदेशबाट खेलेका थिए ।

Advertisement

तीनैजना खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । इन्द्र र देवकीले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएका थिए । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी ८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन भयो । वाग्मती ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ४ रजत र ५ कांस्य जित्यो ।

१४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपीएफ क्लबले बाँकी एउटा स्वर्ण जित्यो । चौथो भएको एपीएफले १ रजत र ४ कांस्य पायो । प्रतियोगितामा सात प्रदेश र ३ विगभाीय गरी १० टिम सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!