संगालोखबर

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो ।

Advertisement

गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यस्तै कुल्दिप यादवले दुई, जसप्रित बुम्राहा र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२ र सूर्यकुमार यादवले ३१ रन बनाए । अस्ट्रेलियका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई तथा जोश हेजलउडले एक विकेट लिए ।

सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह ‘बी’ बाट दक्षिण अफ्रिका र इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन् । टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र बंगलादेश खेल्दैछन् । यो खेलमा आफगानिस्तानले बंगलादेशलाई हराए अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा पुग्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!