संगालोखबर

झापा । पोखरामा हुने गिरिजाप्रसाद कोइराला स्मृति पाँचौँ संस्करण राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा सहभागी हुने कोशी प्रदेशको टिमलाई बिदाइ गरिएको छ । कोशी प्रदेशको टिममा सबै खेलाडी झापाको भद्रपुर–९ पुँहातुबारीका छन् । टिमको प्रशिक्षकमा दिपक खतिवडा छन् ।

Advertisement

झापाको बिर्तामोडमा आज एक कार्यक्रम आयोजना गरी झापा जिल्ला हक्की संघले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेको हो । प्रतियोगिता असार १० गतेदेखि १२ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा सहभागी हुने कोशी टिमका खेलाडीहरुमा रिसब चौधरी, सुदिप चौधरी, सन्तोष बेस्रा, मणिकुमार विश्वकर्मा, रोमन राजवंशी, समिर चौधरी, रोहित राजवंशी, उत्तम चिमरिया, बिसन मर्डी, राजु तिवारी (किपर) छन् ।

कार्यक्रममा झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङले खेलाडीहरुलाई उच्च मनोबलका खेल्न प्रोत्साहन दिंदै जितको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका अध्यक्ष मनोज बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुशल खतिवडा, व्यवसायी विपिन बजगाईं र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!