नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान
विराटनगर । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । केही बेरअघि सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दूरी पार गरेका थिए । यसअघि उनकै नाममा ५२ः१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।
उक्त इभेन्टमा ८९ पौडीबाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस...































