विराटनगरका होराइजन र वाइआरसीसी मिल्स क्रिकेटको फाइनलमा
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि दुई टिमबीच मंगलबार दिउँसो १ बजे खेल हुनेछ । यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वा...































