कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि विराटनगरको वाइआरसीसीलाई

कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि विराटनगरको वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका– ६ नम्बर वडाको आयोजनामा आइतबार राति सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले ५ लाख रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो । एनबीएससीले दिएको १०...
धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटा । धनकुटामा सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकालाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै छथरजोरपाटी सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको उद्घाटन खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा छथरजोरपाटीकी ९ नम्बर जर्सीकी ...
टी-२० विश्वकपः क्यानाडालाई हराउँदै अमेरिकाको विजयी सुरुआत

टी-२० विश्वकपः क्यानाडालाई हराउँदै अमेरिकाको विजयी सुरुआत

विराटनगर । घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानाडालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाको टेक्सास राज्यको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानाडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो । अमेरिकाका आरोन जोन्स अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए...
अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई स्वागतसहित शुभकामना

अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई स्वागतसहित शुभकामना

विराटनगर । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले भव्य स्वागत गरेको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा परिषद्ले नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै विश्वकप क्रिकेटमा सहभागिताप्रति खुसी व्यक्त गर्दै विजयको शुभकामना पनि दिएको थियो । गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट स...
धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटा । धनकुटामा भएको अन्तर–विद्यालय महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा शितलादेवी माध्यमिक विद्यालय पाख्रीबासले उपाधि हात पारेको छ । बालसंसार आवासीय माविलाई १४७ रनले पराजित गर्दै शितलादेवीले उपाधि हात पारेको हो । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा शितलादेवीले प्रस्तुत गरेको १८२ रनको लक्ष्य बालसंसारले निर्धारित २० ओभरमध्ये १० ओभरमा अलआउट हुँदै ३४ रनमा सी...
इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम । एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् । इलामको ठूलो टुँडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि ...
विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने जनाउको छ । प्रशिक्षण उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरेका थिए । उनले खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको ...
टी–१० क्रिकेटः विराटनगर स्पोर्टिङको लागातार तीन जित

टी–१० क्रिकेटः विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३ रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितका लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्...
धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटा । प्रदेशस्तरीय वुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट चारजना छनौट भएका छन् । बुधबार र बिहीबार धनकुटामा भएको खेलबाट फाइनलमा पुगेका २ महिला र २ पुरुष खेलाडी छनोट भएका हुन् । प्रतियोगिताबाट १५ वर्षभन्दा मुनिका खेलाडी छनौट गरिएको हो । आगामी जेठ ३०, ३१ र ३२ गते पोखरामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका लागि धनकुटामा खेलाडी छनोट सकिएको छ । छनोट भएकामा पुरुषतर्पm आयान श्रेष्ठ र मिल्सन राई तथ...
नेपाली क्रिकेट टोली आज अमेरिकासँग खेल्दै

नेपाली क्रिकेट टोली आज अमेरिकासँग खेल्दै

विराटनगर । नेपालले आज टी-२० विश्वकप वार्मअप अन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२०...
आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकपको उपाधि सिरहाको सल्हेश युथ क्लबले जितेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको फाइनलमा आयोजक रारा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिरहाले उपाधि हात पारेको हो । खेलको २५औँ मिनेटमा राराका प्रदिप भण्डारीले पहिलो गोल गरेका थिए । ५५औँ मिनेटमा सल्हेशका खेलाडी फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्...
टी–१० क्रिकेटः तीन खेलमा एनबीएससीको दुई जित

टी–१० क्रिकेटः तीन खेलमा एनबीएससीको दुई जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । जितसँगै एनबीएससीले चार अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो । पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा...
धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित वडा कार्यालयमा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा बुधबार प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गरेका थिए । त्यस अवसरमा उनले खेलले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताए । पौडेलले बुद्धिचाल पनि व्याव...
रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । साबिक विजेता सल...
टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फूलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २–२ अंक जोडेका छन् । पहिलो खेलमा एलि...
रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...
इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम । एन्फा इलाम जिल्ला लिग फुटबलमा माईभ्याली फुटबल क्लब बिजयी बनेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१औँ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबर...
इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम । ‘एन्फा इलाम जिल्ला लिग’ मा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्लब विजयी बनेका छन् । सदरमुकामस्थित ठूलो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्बमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४औँ मिनेटमा अग्रता दिलाए । दोस्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे...
टी–१० क्रिकेटः विराटनगरको एनबीएससी विजयी

टी–१० क्रिकेटः विराटनगरको एनबीएससी विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विराटनगरको एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । एनबीएससी लायन्स क्लबले फूलबारी क्रिकेट क्बललाई ५० रनले हराउँदै विजयी भएको हो । एनबीएससी लायन्सले निर्धारित १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष ...
रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक उपाधिनजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएकोे खेलमा आयोजकले घरेलु दर्शकको राम्रो साथ पाएको थियो । खेलको ३६औँ मिनेटमा राराका शिशिर लेखीले गोल गरी...
टी–१० क्रिकेटः विराटनगर प्यान्थर्सको विजयी सुरूवात

टी–१० क्रिकेटः विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स विजयी भएको हो । जितसँगै प्यान्थर्सले दुई अंक जोडेको छ । टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८...
रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब भिड्दै छन् । यी दुवै टिम फाइनलमा पुग्ने लक्ष्यसाथ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा दिउँसो ३ बजे उत्रँदैछन् । धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा पुगेको हो । यस्तै, भोजपुर फुटबल क्लबलाई ३–२ ग...
रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करण रारा गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा विजयी हुँदै सिरहाको सल्हेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरको हो । पहिलो हाफको ८ मिनटमा सल्हेश युथ क्लबका जर्सी नम्बर १४ का खेलाडी अर्मन विज...
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिनालाई नियुक्त गरेको छ । यसैगरी, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरिएको छ । उनीहरुलाई एन्फाका महासचिव किरण राईल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलक...
रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करणको रारा गोल्डकप अन्तर्गत आइतबार सिरहाको सलहेश युथ क्लब र सुनसरी गोल्डेन स्टार युथ क्लबबीच खेल हुँदैछ । खेल चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा ३ बजे सुरु हुनेछ । सलहेश र गोल्डेन स्टार बीचको यो पहिलो चरणको अन्तिम खेल हो । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल सोमबार डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ । दो...
रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारीे रारा गोल्डकप फुटबल प्रयिोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक क्लबले अन्तिम चारमा स्थान बनाएको हो । खेलको १९औँ र ४८औँ मिनटमा भोजपुर फुटबल क्लबका निशान लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनटमा राराका ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्याए ...
नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो ...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्...
अमेरिकी दूतावासले दिएन सन्दीपलाई भिसा

अमेरिकी दूतावासले दिएन सन्दीपलाई भिसा

विराटनगर । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । सन्दीपले लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको...
विराटनगरले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगरले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफी हात पारेको छ । उपविजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चित्त बुझायो । वाइ...
error: Content is protected !!