संगालोखबर


विराटनगर । प्रथम नेपाल हव महिला २०-२० क्रिकेटमा विराटनगर विजयी भएको छ । विराटनगर र राजविराज हव महिला टिमबीच भएको तीन खेलमा विराटनगरले २-० को अग्रता लिएको छ ।

आज मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै एक सय १२ रन बनायो ।

Advertisement

विराटनगरका लागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २०, टिका साहले १६ र सानु राजवंशीले १२ रनको योगदान दिए । राजविराजका अपेक्षा यादव र साक्षी यादवले तीनतीन विकेट लिए ।

एक सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ४२ रन मात्रै बनाउन सक्यो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन् ।

विराटनगरकी प्लेयर अफ म्याच टिका साहले चार विकेट लिँदा सुवेक्षा लिम्बुले दुई विकेट लिइन् । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रतियोगिताको अन्तिम खेल भोलि हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!