संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रानले राजारानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २७ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र यूकेको भेट्रान फुटबल क्लबसहित आठ टिम सहभागि हुनेछन् ।

Advertisement

प्रतियोगिता सञ्चालनका लागि ३२ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विजु राईले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि खेलसँगै स्थानीय खानाहरूको परिकार, विभिन्न जातजातिको भेषभुषा प्रर्दशनी र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० वर्ष माथिका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद एक लाख २४ हजार र उपविजेताले ६४ हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ रहन सहयोग पुर्‍याउने यस प्रतियोगितामा आफ्नो सँधै सहयोग रहने चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले बताए ।

सोही अवसरमा पूर्व फुटबल खेलाडी तथा पूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले यूकेस्थित बिभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको दुई लाख पाँच हजार नगद आयोजकलाई हस्तान्तरण गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!