संगालोखबर

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेश विजयी भएका छन् । बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सोमबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भएको हो ।

Advertisement

गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले ५० ओभरमा ५ विकेट गुमाउँदै २२९ बनायो । जसमा नटआउट हुँदै नितेश कुमारले ५३ रन, उत्तम मगरले ४० रन, रिङजिङ लामाले ३९ रन, गोकुल अधिकारीले ३६ रन, रोशन विश्वकर्माले २६ र सुर्याङसु कोइरालाले २० रन बनाए । गण्डकीका किरण भट्टराईले ३, सुदीप अर्याल र अपराजित पौडेलले १-१ विकेट लिए ।

२३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो । जसमा अर्जन कुमारले ३१, सिब्रिन श्रेष्ठले २९, रोहित चन्दले २१ र सुजन गौतमले १६ रन बनाए । बागमतीका दिनेश विष्ट र दीपक सेरलाले ३-३, दयानन्द मण्डलले २ र रोशन विश्वकर्माले १ विकेट लिए । बागमतीका नितेश कुमार प्लेयर अफ द म्याच घोषित भए । गण्डकीको २ खेलमा २ अङ्क छ भने बागमती १ खेलबाट २ अङ्क जोडेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्का खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको छ । सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङको मौका लुम्बिनी प्रदेशलाई दिएको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले ३८ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १५६ रन बनायो । जसमा धिरस सुनारले ३८ रन, निर्मल गुरुङले २७, सम्राट भुसाल र निर सार्कीले २५-२५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३-३ विकेट विकेट लिए ।

१५७ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चिमले ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो । जसमा युवराज खत्रीले २२, कैलाश एरले २१, नरेन भट्ट र प्रकाश पाण्डेले १३-१३ रन बनाए । लुम्बिनीका रमेश कर्मीले ५, सन्तोष यादवले ४ र आकाश त्रिपाठीले १ विकेट लिए । लुम्बिनीका रमेश कर्मी प्लेयर अफ द म्याच भए । लुम्बिनीले २ खेल जित्दै ४ अङ्क बनाएको छ ।

मङ्गलबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मधेस र बागमती प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!