संगालोखबर


विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित पहिलो जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनायो । मधेशले २७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ८६ रन मात्रै बनाउन सक्यो । कर्णालीले पाँच खेलमा १ मा जित निकालेको छ ।

Advertisement

मधेशले पाँच खेलमा दुईमा जित निकालेको छ । यस्तै मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमले कोशी  प्रदेशलाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४७ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनायो ।

कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमले पाँचै खेलमा जित निकाल्न सफल भएको छ भने कोशीले छ खेलमा एकमा मात्रै जित निकालेको छ ।

भोलि बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!