संगालोखबर

काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको उद्‌घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ ।

Advertisement

प्रतियोगिताको उद्‌घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार लिग दुई चरणमा हुनेछ । लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

विभागीय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब, ए, बी र सी डिभिजन क्लबबाट दुई टोली सङ्कटा र बाग्मती, नगरपालिकाका दुई टोली वालिङ र चन्द्रपुर नगरपालिका तथा छनोट चरणका उत्कृष्ट तीन टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!