संगालोखबर

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा आशिष तामाङ निर्वाचित भएका छन् । क्लबको शनिबार भएको छैटौँ साधारणसभाबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।

Advertisement

क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा लक्ष्मण प्रधान, सहसचिव पेम्बा लामा र कोषाध्यक्षमा कुमार तितुङ चयन भएका छन् । सदस्यमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी चुनिएका छन् ।

साधारणसभाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्‌घाटन गरेका थिए । त्यस अवसरमा उनले खेलमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए ।

त्यस अवसरमा धनकुटा नगरपालिकाका मेयर तामाङ, वडा १ का अध्यक्ष ओङ्दा तामाङ र हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वालाई कदर पत्र सहित सम्मान गरियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!