संगालोखबर


विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा उनले चार स्थान सुधार गर्दै दोस्रो स्थान ओगट्न सफल भएका हुन् ।यसअघि छैठौँ स्थानमा रहेका उनी अहिलेसम्मकै उत्कृष्ट वरीयातामा पुग्न सफल भएका हुन् ।

Advertisement

टी-२० अलराउन्डर वरीयतामा गुल्सन झा ५६ औँ स्थानमा आइपुगेका छन् । यसैगरी कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औँ स्थानमा आइपुगेका छन् । वरीयतामा शीर्ष स्थानमा इङ्ल्याण्डका लियाम लिभिङस्टोन छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!