संगालोखबर

सुनसरी । सुनसरीको इटहरीबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-९ का २३ वर्षीय संगम श्रेष्ठ छन् ।

Advertisement

इटहरीको पश्चिम टेम्पु स्टेण्ड नजिकै होटल अगाडि राखेको अवस्थामा गत जेठ १७ गते स्थानीय जितबहादुर घिमिरेको प्रदेश १–०२–०५३ प १९६५ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरीको जानकारी पाएपछि खोजतलासमा जुटेको प्रहरीले इटहरी–१८ बाट मोटरसाइकलसहित चोरीमा संलग्न श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको हो ।

उनको साथबाट लागूऔषध ब्राउनसुगर २ सय मिलिग्राम पनि बरामद भएको प्रहरीले जनाएको छ । उनको गतिविधिका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!