संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चरखोले गोलाईमा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धरानबाट संखुवासभा जाँदै गरेको को १ च ६६४० नम्बरको स्कारपियो आज दिउँसो करिब १२ः२० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कारर्पियो चालक सप्तरीको बोदेबर्साईन–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, बिराटनगर-३ का ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगरकै २३ वर्षीया निर्मला गुर्वाजु र मोरङको उर्लाबारी–१ का ३० बर्षिया ज्ञानु गौतम घाइते भएका छन् ।
घाइतेहरू विराटनगरस्थित हियर्ड नेपाल नामक संस्थामा कार्यरत कर्मचारीहरू भएको खुलेको छ ।

Advertisement

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । ब्रेक फेल भएर स्कारपियो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!