संगालोखबर

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

Advertisement

कोशी प्रदेशमा अहिले सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय छन् । कुनै जिल्लामा सहरी र पूर्वाधार दुवै कार्यालय छन् भने कुनै जिल्लामा एउटै पनि कार्यालय छैनन् । जसका कारण एउटा जिल्लाको कार्यालयले दुई तीन वटा जिल्लासम्म हेर्नुपर्ने वाध्यता छ ।

अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्ने गरी सबै जिल्लामा कार्यालय स्थापना गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रत्येक जिल्लाको कार्यालयले आफ्नो जिल्लाको मात्रै काम हेर्दा सेवा प्रवाहमा सजिलो र काम छिटो हुने प्रदेश सरकारको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!