कोशी प्रदेशमा ३८ हजारभन्दा बढीमा डेंगी सक्रमण, १८ को मृत्यु
धनकुटा । कोशी प्रदेशमा एक वर्षयता ३८ हजार ३८४ जनामा डेंगी संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको असार २१ सम्मको तथ्याङ्कअनुसार कोशीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमणको यस्तो अवस्था पाइएको हो । डेंगी संक्रमणबाट हालसम्म प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ । निर्देशनालयका अनुसार सुनसरीमा सबैभन्दा ...































