संगालोखबर


धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ चौबिसे गाउँपालिका-६ राजारानीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २२ वर्षीय पुजन लिम्बुको घरमा सुतिरहेको अवस्थामा पुजनसहित २२ वर्षीय सेसेहाङ चेम्जोङ, २२ वर्षीय जेम्सन लिम्बु र ३७ वर्षीय दिनेश लिम्बु पक्राउ परेका हुन् ।

Advertisement

उनीहरूको साथबाट ३ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर, ४१ हजार पाँच सय नगद र चार थान मोबाइल बरामद भएको धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!