खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

विराटनगर । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर केपिलासगढी गाउँपालिका-७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पानी परेपछि बिहान करिब ४ः३० बजे महिला आँगनमा राखेको सामान उठाउन गएकी थिइन् । सोही क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगर । विराटनगर-९ ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर-१२ का २६ वर्षीय देवानन्द अधिकारीले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले २० लाखको लगानीमा डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् । भारतको पञ्जाब टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकाङ्क्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको बताए । सुरुवाती चरणमा २० लाखबाट सुर...
सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

धनकुटा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भएको बताएका छन् । आज काँग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले धनकुटामा आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रतिको निराशा काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताए । देशमा अप्ठ्यारो पर्दा र हरेक परिवर्तनमा काँग्रेसको भूमिका महत्वपूर्ण ...
महेन्द्र मोरङका स्ववियु अध्यक्ष यादवलाई प्रचण्डको फोन

महेन्द्र मोरङका स्ववियु अध्यक्ष यादवलाई प्रचण्डको फोन

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष अखिल क्रान्तिकारीले जितेर इतिहास रचेको बताएका छन् । नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई फोन गरेर बधाई दिँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले यादवसँगको टेलिफोन संवादमा भने, ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्नु भनेको एउटा इतिहास रच्नु...
हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई चैत ६ गते प्रहरीले पक्राउ गरेको हो । संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम कुमार लामिछानेका अनुसार गाउँघरमै लुकेर बसेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वक...
पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड

पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड

धनकुटा । पत्रकारिता क्षेत्रको सबलीकरणका लागि पत्रकार नै जिम्मेवार हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । बिहीबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले धनकुटामा आयोजना गरेको पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । स्थानीय तहको भूमिकाबारे छलफल कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले नीति निर्माण, कानुनी संरचना तथा पत्...
धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ त्रिवेणी घाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सहिदभूमि-१ का ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन् । बिहीबार दिउँसो पोखरेतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट एक सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गर...
विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगर । विराटनगरमा ढाका महोत्सव २०८१ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, महिला उद्यम विकास समितिकाे आयाेजनामा आजबाट महाेत्सव सुरू भएकाे हाे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाेत्सवकाे उद्घाटन गरे । जैन भवनमा सुरू भएकाे महाेत्सवमा प्रदेश भित्रका ३० वटा ढाका उद्योगका स्टल राखिएकाे छ । मुख्यमन्त्री कार्कीले प्रदेशकाे ढाका उद्योगलाई प्राेत्साहन गर्न आवश्यक ब...
यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण बुझाउन सहकारी संस्थालाई पत्राचार गरेको छ । नगरपालिकाभित्र सञ्चालित २३ वटा सहकारीले समयमा आवश्यक विवरण नबुझाएकाले निश्चित समय तोकेर विवरण बुझाउन आग्रह गरिएको हो । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा जरिवानासहित आवश्यक विवरण बुझाउन भनेको छ । सो समयमा पनि विवरण नबुझाएको खण्डमा संस्था खारेजीको प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत ...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बुधबार मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-४ का ४३ वर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० वर्षीय सुशील मोतेलाई लागू...
धनकुटामा एसइई दिएर बाहिरिँदै गर्दा विद्यार्थी (फोटो फिचर)

धनकुटामा एसइई दिएर बाहिरिँदै गर्दा विद्यार्थी (फोटो फिचर)

धनकुटा । आजबाट माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । आज अनिवार्य अंग्रेजी, संस्कृत, अरेविक, संस्कृत भाषा र साहित्य विषयको परीक्षा भएको छ । धनकुटामा यस वर्ष दुई हजार पाँच सय ३५ जना परीक्षार्थी एसइईमा सहभागि भएका छन् । जसमा साधारण धारतर्फ नियमित दुई हजार एक सय २९ र ग्रेडबृद्धि दुई सय ८७ सहित दुई हजार चार सय १६ जना परीक्षार्थी सहभागि छन् । यस्तै प्राविधिक धारतर्फ नियमित एक सय चार र ग्रेडबृद्धि ...
नार्कमा आवश्यक कर्मचारी चाँडै पदपूर्ति गर्छौँ : मन्त्री अधिकारी 

नार्कमा आवश्यक कर्मचारी चाँडै पदपूर्ति गर्छौँ : मन्त्री अधिकारी 

धनकुटा । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) मा चाँडै कर्मचारी पदपूर्ती गर्ने बताएका छन् । बुधबार नार्क अन्तरगत रहेका कार्यालयको अनुगमन गर्न धनकुटा आइपुगेका मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले नार्क अहिले विषम परिस्थितिमा रहेकाले आवश्यक काम तीब्र गतिमा अगाडि बढाउने विश्वास दिलाए । मन्त्री अधिकारीले अहिलेकै अवस्थामा पनि सेवाग्राहीलाई रा...
महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टलाई ४३ मतान्तरले पराजित गर्दै यादव स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । क्रान्तिकारीका यादवले १११८ मत ल्याएर निर्वाचित हुँदा नेविसंघका विष्टले १ हजार ७५ मत पाएका छन् । अनेरास्ववियुका अनि...
ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो । बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहे...
उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो । शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थान...
उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो । गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारका क्रममा...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटा नगरपालिका-७ जिरोपोइन्टबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ट्रामोल दुई सय पाँच क्याप्सुल, स्पास्मो एक सय २५ चक्की र डिकोलिक ५...
जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् । उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा  झुण्डिएको अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोल...
विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो । चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

धनकुटा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका कारण देशमा प्रतिगामी तत्वहरु मैलाएको आरोप लगाएका छन् । माओवादी केन्द्र धनकुटा नगरको दोस्रो अधिवेशन तथा प्रशिक्षण उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । गणतन्त्र ल्याउन माओवादीले ठूलो भूमिका खेलेको दावी गर्दै उनले अहिले राजावादीहरू सल्बलाउने अवस्था सृजना हुनुमा सत्ताधारी...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स राती करिब ११ बजे महालक्ष्मी वायर नजिक सडकको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भइ बुढीगङ्गा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भए...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

सुनसरी । इटहरीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भएर इटहरी-१२ मा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुरको कटारी-२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।...
धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, स्थित गुरुङ टोलमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । श्रीमतीसहित स्थानीय युवाहरूको समूहले कुटपिट गर्दा ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे घरबाट करिब ५ सय मिटर टाढा मगर मृत फेला परेका थिए । उनको घाँटीमा डामसहित शरीरका विभिन्न भागमा चोटपटक थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उन...
मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए । मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...
धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटा । धनकुटामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हाम्रो बहुमुखी पाठशाला, सिटी जेसिस र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न चौकमा होली विशेष सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदान-प्रदान भइरहेको छ । धनकुटाको एभोकाडो पार्क, मदन चोक लगायतका स्थानमा व...
हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार ...
थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । थ्रीस्टार क्लबले ९  औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...
error: Content is protected !!