कोशीमा एक वर्षमा पक्राउ परे तीन हजार बढी फरार प्रतिवादी
विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा तीन हजार बढी फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर लामो समयदेखि फरार रहँदै आएका तीन हजार पाँच सय १३ जना पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मोरङबाट एक हजार एक सय ५६, सुनसरीबाट एक हजार दुई, झापाबाट पाँच सय ३४ र इलामबाट एक सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
यस्तै पाँचथरबाट ४२, ताप्ले...





























