महेन्द्र मोरङमा स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा नेविसङ्घद्वारा आगजनी र तालाबन्दी
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी सङ्घले आगजनी गरेको छ । आज डाक्टर शेखर कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी गरेर तालाबन्दी गरेको हो ।
आगजनीबाट कार्यालयका केही कागजात जलेका छन् भने प्रहरीले ताला फोडेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट ...





























