मोरङले लगातार तेस्रो पटक जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि
विराटनगर । चौथो संस्करणको ‘इक्युवालिटी कप क्रिकेट २०२५’ को उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा आज भएका फाइनल सप्तरीलाई ८ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।
मोरङ पहिलो संस्करणमा झापासँग पराजित भएको थियो भने त्यसपछि लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...





























