विराटनगरबाट ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
विराटनगर । विराटनगर-१५ रानीबाट लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया जिल्लास्थित फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् ।
उनीहरूलाई एक सय ४१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थ...

























