विराटनगरमा कोरोना संक्रमितको मृत्यु
विराटनगर । कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको आज विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा इलामको सूर्योदय नगरपालिका घर भएकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
झापाको विर्तासीटी अस्पतालमा उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक साता अघिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई थप उपचारका लागि आज बिहान करिब ४ बजे...






























