संगालोखबर


विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा आज विराटनगर-९ स्थित पञ्चमुखी हनुमान मन्दिरमा रक्तदान गरिएको हो ।

नेपाल प्रहरी अस्पताल सुनसरी र विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनाल र मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले रक्तदान गरेका छन् ।

यस्तै सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूले रक्तदान गरेका हुन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!