संगालोखबर


धनकुटा । धनकुटामा रक्तदान कार्यक्रम भएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको धनकुटाका निमित्त प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । स्वास्थ्य संस्थामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

रगतको अभावलाई परिपूर्ति गर्न जिल्ला अस्पताल धनकुटामा रक्त संचार केन्द्र सञ्चालनमा ल्याएपछि सहज भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी र रक्तसञ्चार सेवा केन्द्र धरानको सहकार्यमा रक्तदान भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!