संगालोखबर


विराटनगर । विराटनगरमा ‘गौरादह-विराटनगर’ सम्पर्क समाजले बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरको बरगाछीस्थित मनास्लु होटलमा आयोजित उक्त कार्यक्रम कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सम्पर्क समाजका अध्यक्ष देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्षहरू त्रिलोचन गौतम, तीर्थराज घिमिरे, मिनु अधिकारी एवं सल्लाहकारहरू इन्द्रबहादुर न्यौपाने, विश्वमोहन थापा तथा डिल्ली थापाले पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका सचिव डिल्लीराम निरौला सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन कोषाध्यक्ष दुर्गाप्रसाद खतिवडा, सह-सचिव दिपेन्द्र थापा र सदस्य सुमन भट्टराईले गरेका थिए ।

समाजले आउँदै गरेको दीपावलीका अवसरमा देउसी-भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव निरौलाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!