संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-८ हाटखोलास्थित कारागारको मुख्य गेटबाट लागूऔषधसहित दुई महिला पक्राउ परेका छन् । आज मध्यान्ह १२ः३० बजे चेकजाँचका क्रममा लागूऔषध बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ छन् । उनीहरूले लगाएको भित्री वस्त्रको प्याडभित्र लुकाएर राखेको अवस्थामा हरियो रङको २४० थान र सुन्तला रङको २४० थान ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

कारागारको मुख्य गेटमा खटिएको सुरक्षा टोलीले चेकजाँचका क्रममा उक्त लागूऔषध फेला पारेर नेपाल प्रहरीको जिम्मा लगाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!