संगालोखबर


विराटनगर । विराटनगरको एभरेष्ट माध्यमिक विद्यालयको मन्टेश्वरीमा दशैँ, तिहार, नेपाल सम्वत्, म्ह पूजा, छठलगायतका पर्व लक्षित विशेष कार्यक्रम गरिएको छ ।

पाठ्यक्रममा चाडपर्वहरूको विषयमा उल्लेख भएपनि त्यसलाई व्यवहारिक रूपमा कसरी मनाइन्छ भन्ने बुझाउन कार्यक्रम गरिएको हो । नवरात्रमा पुजिने दुर्गा माताका विभिन्न स्वरूपमा विद्यार्थीहरू सजिएका थिए ।

यस्तै दशैँमा गरिने पूजा-आराधनादेखि मनोरञ्जनमा समेत विद्यार्थीले सहभागिता जनाएका छन् । म्ह पूजाको विधि, तिहारमा गरिने विभिन्न संस्कार तथा छठ पर्वमा हुने गतिविधिमा विद्यार्थीहरू सहभागी भएका हुन् ।

मन्टेश्वरी तहको प्ले ग्रुपदेखि कक्षा १ सम्मका २५० जना विद्यार्थीहरू कार्यक्रममा सहभागी भएका थिए । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले चाडपर्वहरू हाम्रा संस्कृति र संस्कार भएकाले बालबालिकाहरूलाई व्यवहारिक ज्ञान दिन कार्यक्रम गरिएको बताए ।

एभरेष्टले शिक्षालाई सीप र संस्कार तथा प्रविधिसँग जोडेर अघि बढेको उल्लेख गर्दै उनले हरेक किताबी ज्ञानलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!