संगालोखबर


विराटनगर । विराटनगरमा चोरी भएको स्कुटर फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । मंगलबार राति करिब १२ बजे चोरी भएको स्कुटर फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो ।

विराटनगर-५ मुनालपथ क्षेत्रबाट प्रदेश १-०४-००२ प १८१० नम्बरको स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । स्कुटर चोरीमा संलग्न विराटनगर-५ का २० वर्षीय करण खवास पनि पक्राउ परेका छन् ।

शारीरिक अपाङ्गताका कारण उनलाई तारिखमा राखेर थप अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । स्कुटर सम्बन्धित धनीलाई बुझाइएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!