
धनकुटा । धनकुटाको एक घरमा आगलागी भएको छ । महालक्ष्मी नगरपालिका-४ चानुवास्थित योगेश अधिकारीको घरमा आगलागी भएको हो ।
आज बिहान करिब ९ः१० बजेतिर आगलागी हुँदा टिनको छानो, काठपात र टिनकै बेराले बनेको एक तले घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट घर, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न र कस्मेटिक पसलका सामानहरू पूर्णरूपमा जलेका छन् ।
आगलागीबाट कुनै मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयको सहयोगमा पूर्णरूपमा आगो नियन्त्रणमा लिएको छ ।

संगालोखबर 




















