
विराटनगर । मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा ब्ल्याक डायमन्ड एफसीलाई १-० गोलले पराजित गर्दै आयोजक क्लबले उपाधि चुमेको हो ।

विजेता बनेको आयोजक टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित ५१ हजार रुपैयाँ हात पारेको छ । उपविजेता ब्ल्याक डायमन्ड एफसीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ पाएको छ ।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझी लगायतले पुरस्कार वितरण गरेका थिए ।

संगालोखबर 




















