संगालोखबर


विराटनगर । विराटनगर-१० तीनटोलियास्थित मार्टस बोर्डिङ स्कुलमा आगलागी भएको छ । आज बिहान करिब ४ः४५ बजे स्कुलको भवनमा आगलागी भएको हो ।

आगलागीबाट कम्प्युटर, प्रिन्टर, स्टेपलाइजर, कुर्सी, प्रयोगशालामा रहेका सामान लगायतमा क्षति पुगेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरलाई जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!