मनसुनी वायु पश्चिम सर्दै, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा
विराटनगर । पाँच दिनसम्म पूर्वी क्षेत्रमा सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रवार रातिदेखि नै कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिवार दिउँसो पनि कोशीका विभिन्न क्षेत्रमा वर्षा हुने विभागले जनाएको छ । मनसुन पश्चिमतिर पुग्न भने ...































