मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो ।
विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा वृद्धलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर...




























