संगालोखबर
फाइल तस्वीर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ मा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । मेचेडाँगीका ६९ वर्षीय लालबहादुर खड्काको परिवारका पाँच जना सदस्यहरू बिरामी परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूले आइतबार जंगलबाट टिपेर ल्याएको च्याउ तरकारी बनाएर खाएका थिए । उनीहरू आइतबार राति बिरामी परेका प्रहरीको भनाइ छ ।

Advertisement

६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर, ३८ वर्षीय जंगबहादुर र बुहारी २४ वर्षीया जानुका खड्का बिरामी परेका प्रहरीले जनाएको छ ।

उनीहरूको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । बिरामी परेकामध्ये शेरबहादुर र जानुकाको अवस्था मध्यम छ । अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!