विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाखको बजेट
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको वजेट प्रस्तुत गरेको छ । सोमवार नगरसभाको चौधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१–८२ का लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको चालु खर्चतर्फको दायित्व...





























