संगालोखबर


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ टाँडी-रमिते भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका-४ का १७ वर्षीय आरब डाँगी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनीको अस्पताल उर्लाबारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका १७ वर्षीय अनुप थापा घाइते भएका छन् ।

Advertisement

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार अपराह्‍न मे २ प ९०९७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित सडकबाट करिब १० मिटर तल खसेको थियो ।

सो क्रममा मोटरसाइकल पिठारीको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!