संगालोखबर


विराटनगर । मोरङको पथरी शनिश्चिरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार निरजको घरबाट जरायोको सिङ बरामद भएको हो । उनको घरमा जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो ।

Advertisement

सोही आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले आइतबार राति ६ वटा जरायोको सिङसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी सब डिभिजन वन कार्यालय पथरीमा बुझाइएको सुनारले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!