संगालोखबर


विराटनगर । विराटनगरकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका-८ स्वागत चोककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाएकी हुन् ।

शान्तिदेवीले नागरिकता पाएपछि उनका ३ छोरा र बुहारीहरूले पनि नागरिकता पाएका छन् । श्रीमान योगी शर्माको १७ वर्षअघि निधन भएपछि उनलाई नागरिकता बनाउन समस्या भएको थियो ।

Advertisement

नागरिकता पाएपछि उनलाई वृद्धभत्ता लिन सहज भएको वडाध्यक्ष राम पोखरेलले बताए । वैवाहिक अङ्गिकृत नागरिकताको लागि सम्पूर्ण कागजात तयार गर्न उनलाई झण्डै ६ महिना लागेको वडाध्यक्ष पोखरेलको भनाइ छ । आवश्यक कागजात पुगेपछि नागरिकताका लागि सिफारिस गरिएको उनले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा वडाबाट जन्मका आधारमा ६ सय ६६ जना, वंशजका आधारमा ३ सय ४०, प्रतिलिपिका लागि २ सय १७ र गैरआवासीय ९ जनाको सिफारिस गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!