संगालोखबर


विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औँ स्मृतिसभामा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विष्टलाई २१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्न जरुरी रहेको बताए । मुलुकको विकास गरेर जनताको जीवनस्तर उकास्नतर्फ दलहरूको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै आगामी सन् २०२६ मा नेपाल विकासशील देशमा परिणत हुन गइरहेको बताए ।

प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, सम्मानित उद्यमी चेतन निरौला, एमाले नेता विनोद ढकाल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ठूलो संघर्ष गरेर कृष्णप्रसाद सिग्देलले सडकबाट व्यापार सुरु गरेको स्मरण गरे ।

यस्तै नेपाल साना तथा घरेलु उद्योग संघ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिका भण्डारी, जनता उच्च मावि मधुवन सुनसरीका विद्यार्थीहरू पिंकी खत्वे, सुशील खत्वे तथा स्वस्तिका ट्रान्सपोर्ट प्रालिका मजदुरहरूलाई कपडा तथा नगदसहित सम्मान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!