संगालोखबर


विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो एमाले मोरङ पार्टी कार्यालय पुगेकी छन् । उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिन भने कार्यकर्ताहरूलाई सम्बोधन पनि गरेकी छन् ।

पार्टी कार्यालय पुगेकी भण्डारीलाई एमाले जिल्ला कमिटी र महानगर कमिटीका नेताहरूले स्वागत गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भूकम्पपछि पहिलोपटक एमाले मोरङ पार्टी कार्यालय आएको बताइन् ।

Advertisement

पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको उल्लेख गरिन् ।

एमालेको सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै भण्डारीले पार्टी सदस्य पनि विराटनगरबाटै भएको बताइन् । यस्तै विराटनगरबाटै शपथ खाएकोले मोरङ गृहजिल्ला, गृहनगर जस्तो लाग्ने उनको भनाइ थियो ।

पार्टी कार्यालयमा भण्डारीलाई स्वागत गर्न केन्द्रिय सदस्य रामलाल साह, एमाले मोरङ अध्यक्ष अजम्बर राई, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायतका नेताकार्यकर्ता पार्टी कार्यालय पुगेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!