संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१५ रानीबाट लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया जिल्लास्थित फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् ।

उनीहरूलाई एक सय ४१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

Advertisement

पक्राउ परेका दुवै जनाले भारतबाट लागूऔषध नेपाल ल्याएर बिक्री वितरण गर्ने खुलेको प्रहरीको भनाइ छ । उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!