
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज विराटनगरमा निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ः३० बजे निकालिने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ ।
विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा नेपालसहित भारतका हजारौं भक्तजनहरू सहभागी हुन्छन् । यसपटक विगतका वर्षहरूको तुलनामा भक्तजनको संख्या बढ्ने रथयात्रा मूल समारोह समितिले जनाएको छ ।
५८ औं संस्करणको रथलाई विगतका वर्षहरू भन्दा ठूलो र आकर्षक बनाइएको छ । विराटनगर-१ को राधाकृष्ण मन्दिरबाट शुभारम्भ हुने रथयात्रा ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ ।
सो क्रममा रथलाई ४४ स्थानमा विश्राम गरिने छ । रथको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संयुक्तरूपमा शुभारम्भ गर्ने छन् । समितिका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिने छ ।

संगालोखबर 













