विराटनगरमा रमणीय पार्क बन्दै
विराटनगर । विराटनगर महानगरपालिा-८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालको अग्रसरतामा पार्क निर्माण हुन लागेको हो ।
दुई बिगाहा आठ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको विराटनगर-८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन् । पार्क निर्माणका लागि टिकाराज ढकालले सहुलियत दरमा जग्गा उपलब्ध गराएका छन् ।
दुई विगाहा आठ कठ्ठा...



























