संगालोखबर

विराटनगर । विराटनगरमा रथयात्राको पूर्वसन्ध्यामा सामान्य वर्षा भएको छ । विराटनगरमा आज दिउँसो ३ बजे ऐतिहासिक रथयात्रा निकालिँदैछ ।

Advertisement

रथयात्रा अवलोकन गर्न आउने भक्तजनहरू अत्यधिक गर्मीका कारण बेहोस हुने लगायतका समस्या हुनेगरेकोमा वर्षा भएसँगै राहत मिल्ने अनुमान छ । अहिले विराटनगरमा वर्षा भइरहेको छ ।

तीनपैनी स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिरमा आएर समापन हुनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले रथयात्राको संयुक्तरूपमा शुभारम्भ गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!