संगालोखबर


विराटनगर । विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध गरिएको छ । आज महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकार संजाल र गैर सरकारी संस्था महासंघ मोरङले संयुक्तरूपमा विरोध गरेका हुन् ।

उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्डसहित ट्राफिक चोकमा भेला भएर बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरोध गरेका हुन् ।

Advertisement

‘महिलाको शरीरमाथिको नियन्त्रण बन्द गर’, ‘हाम्रो एकता महिला अधिकारका लागि ऐक्यवद्धता’, ‘नेताहरू सावधान आफ्नो बोलीमा देउ लगाम’, ‘संविधान विरोधी सबैखाले फैसला छैन हाम्रो स्वीकार्यता’ लगायतका प्ले कार्डसहित उनीहरू विरोधमा उत्रिएका थिए ।

विरोध कार्यक्रममा विभिन्न वक्ताहरूले बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदा खारेज हुनुपर्ने आवाज उठाएका छन्  । उनीहरूले यो कदापी स्वीकार्य नहुने तर्क गरे ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!