संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारी र बेलबारीमा दुई पुरुष मृत फेला परेका छन् । उनीहरू धान खेतमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ का २५ वर्षीय सुशील लिम्बूको शव आज बिहान धानखेतमा भेटिएको हो ।

घरछेउमै रहेको खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । लिम्बूमा यो भन्दा पहिला पनि आफैँ बेहोस हुने समस्या रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।

Advertisement

उनको दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको शव भेटिएको भएपनि मृत्युको कारण खुल्न बाँकी छ । शवलाई घटनास्थलबाट पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ ।

यसैगरी बेलबारी नगरपालिका-७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव पनि आफ्नै धान खेतमा मृत फेला परेका छन् । उनलाई सोमबार साँझ मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

डीएसपी चुडालका अनुसार उनी धानमा मल छर्नका लागि घरबाट हिँडेका थिए । उनको शव पनि घोप्टो परेको अवस्थामा फेला परेको हो भने मृत्युको कारण खुल्न बाँकी छ । दुबै घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!