संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् ।

रथयात्राको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

Advertisement

‘कोशी प्रदेश विविधतायुक्त प्रदेश हो । यो प्रदेशको राजधानी विराटनगरमा वृहत रूपमा मनाइने रथयात्राले हाम्रो धार्मिक सहिष्णुता, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वलाई झल्काउँछ’, मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यसले हाम्रो प्रदेशलाई सांस्कृतिक रूपमा अझ सबल र समृद्ध बनाउँछ ।’

मुख्यमन्त्री कार्कीले १९८८ सालमा खटयात्राको रूपमा सुरु भई २०२४ सालदेखि रथयात्राको रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस पर्वले विराटनगर मात्र नभई सम्पूर्ण प्रदेशमा एकताको बलियो सन्देश फैलाएको उल्लेख गरेका छन् ।

उनले जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै रथयात्रा जस्ता पर्वले विविधता भित्रको एकताको भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!