संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार विराटनगरमा निकालिएको रथयात्रामा मौका छोपेर शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये ४ जना महिला र ५३ जना पुरुष रहेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ४ जना महिलालाई भने आइतबार राति नै छाडिएको छ भने पुरुषहरूका विषयमा प्रहरीले थप बुझ्ने काम गरिरहेको छ ।

Advertisement

विगतमा उनीहरू कुनै आपराधिक गतिविधिमा संलग्न भए-नभएको पत्ता लगाएपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । रथयात्राका क्रममा ५ वटा सुनको सिक्री र ९ वटा मोबाइल चोरी भएको जानकारी आएको छ ।

चोरी तथा पकेटमारमा संलग्न भएको आशंकामा पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको डीएसपी चुडालको भनाइ छ । समग्रमा रथयात्रा शान्तीपूर्ण अवस्थामा नै सम्पन्न भएको उनले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!