सुजन ढकाल


पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मछिन्द्र क्लबले ५-० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मछिन्द्रले झापाविरुद्ध गोलको वर्षा गर्दै जित निकालेको हो ।

खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हाफको १९ औ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले झापाविरुद्ध पहिलो गोल गरेका थिए ।

Advertisement

त्यसपछि उत्सव राईले अर्को गोल थपे । विजु भुजेलले पहिलो हाफको अन्तिम इन्जुरी समयमा गोल गर्दै खेललाई ३-० मा पुर्याए । दोश्रो हाफमा समेत मछिन्द्रका सौरभ सुब्बा र विजु भुजेलले झापाविरुद्ध गोल थपे । २ गोल गर्ने मछिन्द्रका भुजेल उत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगिता अन्र्तगत आजको पहिलो क्वाटर फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुनेछन् । २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव कपको रूपमा सुरु भएको प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुन थालेको हो ।

पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रूपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोरोनाका कारण सञ्चालन हुन सकेको थिएन । प्रतियोगिताको यो संस्करणमा नेपालका ‘ए’ डिभिजनका चारसहित जम्मा १० टिम सहभागी छन् ।

यो संस्करणको विजेताले नगद १० लाख पाँच सय ५५ नगद तथा उप-विजेताले पाँच लाख पाँच सय ५५ नगदसहति ट्रफी पाउने छन् । फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!